२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

महिनाको पहिलो दिनमै घट्यो सुनचाँदीको भाउ

काठमाण्डौं, 
१ भदौ । सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साउन महिनाभरि नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।