२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

कपडा धुने क्रममा खोलामा डुबेर एकको मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुर,
१ भदौ । दाङमा पानीमा डुवेर एक जनाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका १ रंसिङखोलामा सोहि ठाउँका अन्दाजी ३० बर्षिय बेगम विकको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।

कपडा धुन गएको अबस्थामा आईतवार दिउँसो ४ बजेतिर उनको डुवेर मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।