२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

तीजमा माइत नजान वडा कार्यालयको आग्रह

काठमाडौं, 
१ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ७ ले बाबुको मुख हेर्न र तीजमा माइत नजान वडाबासीलाई अनुरोध गरेको छ ।

भदौ ३ गते बाबुको मुख हेर्ने दिन र भदौ ५ गते हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीज पर्छ । बाबुको मुख हेर्ने दिन र तीजमा कोही पनि पाहुना हुन जाने र जमघट गर्ने काम नगर्न वडाध्यक्ष नारायण श्रेष्ठले आग्रह गरेका छन् ।

उनले सोमबार सूचना प्रकाशित गरेर कोरोना महामारीको जोखिमको बेलामा जमघट गरेर जोखिम बढाउन नहुने बताए । यो वडामा हालसम्म १ जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

छिमेकी वडाको क्वारेन्टिनमा बसेका र स्थानीय व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपनि वडाबासीको सचेतनाका कारण अहिलेसम्म कोरोना संक्रमण नदेखिएकाले यसलाई अझै निरन्तरता दिनुपर्ने स्थानीय जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले बताए ।