२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

प्युठानमा करेन्ट लागेर ६० वर्षीया महिलाको मृत्यु

फाइल तस्वीर ।

प्युठान,
१ भदौ । प्युठानमा बँदेल मार्न थापिएको पासोमा जोडीएको करेन्टमा परेरएक महिलाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।

थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ ।