२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

भारतबाट माछा, दूध र हरियो तरकारी आयातमा रोक

फाइल तस्वीर ।

नेपालगन्ज,
१ भदौ । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सिमा जमुनाह नाका भएर नेपाल भित्रीने भारतीय माछा, दूध र हरियो तरकारीमा रोक लगाइएको छ।

सोमबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट जमुनाह नाकाबाट नेपाल भित्रीने माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

उनका अनुसार जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका प्रमुखसहितको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।