२०७८ मङ्सिर १२ गते आइतवार
२०७८ मङ्सिर १२ गते आइतवार

दाङका युवाले बनाए चेलीको बेदनामा आधारित छोटो चलचित्र

दाङ,
१ भदौ । हिन्दु महिलाहरुको महानचाड हरितालिका तिजको अवसरमा दाङका स्थानीय कलाकारहरुले सन्देशमुलक छोटो चलचित्र निमार्ण गरेका छन ।

चलचित्र कारोना महामारीका बिच दाङ जिलामै सुटिङ गरिएको चेलीको बेदना नामक छोटो चलचित्र ‘एक्सरे खबर’ युट्युब च्यानलमा रिलिज गरिएको हो । नेपाली छोरी चेलीको वास्तविक कथालाई आधार मान्दै तयार पारिएको यस छोटो चलचित्रमा तिजमा चेली माइत जान नपाउँदाको पिडा र श्रीमान बिदेश हुदा घरमा सासूले बुहारीलाई गर्ने नराम्रो ब्यवहारलाई देखाइएको छ ।

हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सिर्जित अहिलेको अवस्था र सलह किराले बालिनाली खाई किसानमा परेको दुःखलाई चलचित्रमा ब्यक्त गरिएको चलचित्रका लेखक तथा निर्देशक पर्विन पुरीले बताएका छन ।
भिडियो