२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

पानीमा डुबेर दाङमा दुई बालिकाको मृत्यु

२ भदौ । दाङमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

सांकेतिक तस्वीर ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार सोमवार बेलुका साढे ५ बजेतिर घर नजिकै कुलोमा डुबेर घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँ निवासी मनोज चौधरीको १५ महिनाको छोरी आस्था चौधरीको मृत्यु भएको हो ।

त्यस्तै गढवा गाउँपालिका वडा नं. ४ खजरौटा निवासी मोहमराज मियाँको छोरी १ बर्षीया सल्मा खातुन मियाँको सोमवार बेलुका डुवेर मृत्यु भएको छ ।

खातुन घरको आगनमा राखेको बाल्टिको पानीमा डुबेर मृत्यु भएको डिएसपी खड्काले बताए ।