२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

प्युठानमा जंगली च्याउ खाँदा एकै घरका दाजुभाइको मृत्यु

फाइल तस्वीर ।

प्युठान : जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा नौबहिनी गाउँपालिका–६ लुङढाखोलाका एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । ३ जना बिरामी परेका छन् ।

१५ वर्षीय सुरेश र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूका बुबा ३५ वर्षीय विष्णु, आमा ३४ वर्षीय लीला र दाजु १७ वर्षीय शशि घर्ती बिरामी परेका छन् । बिरामीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

साउन ३१ गते साँझ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि पखाला लागेर बिरामी भएका दाजुभाइको सोमबार राति घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

घर–परिवारले ढिलो गरी खबर गरेकाले सयममै बिरामीलाई अस्पताल ल्याउन नसकिएको उनले बताए । कार्कीका अनुसार उनीहरूलाई सोमबार राति जिल्ला अस्पताल बिजुवार पुर्‍याइएको छ । बिरामी ३ जनाको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको खबर कान्तिपुरमा प्रकाशित छ ।