२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

संक्रमण फैलिएपछि रुपन्देही जिल्ला भदौ ७ सम्म लकडाउन


बुटवल,
२ भदौ । समुदाय स्तरमा कोरोना महामारी फैलिँदै गएपछि रुपन्देही जिल्लालाई लकडाउन गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको बैठकले आजैदेखि लागू हुने गरी आगामी भाद्र ७ गतेसम्मका लागि लकडाउन गरेको हो ।

बैठकपछि एक सूचना जारी गर्दै जिल्लामा अत्यावश्यक बाहेका गतिविधिहरु सञ्चालन गर्न नमिल्ने गरी लकडाउन घोषणा गरिएको हो ।