२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

अर्घाखाँचीलाई पनि भदौ १० गतेसम्म लकडाउन गरिने

बुटवल, 
२ भदौ । कोरोना संक्रमण सतर्कता अपनाउन अर्घाखाँचीलाई भोलि बिहानदेखि ’लकडाउन’ गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले यही भाद्र ३ गते बिहान ६ बजेदेखि भाद्र १० गते साँझ ६ बजेसम्म लकडाउन गरिएको हो ।

लकडाउन भर जिल्लाभित्र एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षाकर्मी, ईँन्धन, ग्यास, अत्यावश्यक खाद्य पदार्थ, स्वास्थ्यकर्मी रहेको सवारीसाधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालन पाईने र सानाठुला सवारी साधन र मोटरसाईकल समेत सञ्चालन गर्न प्रतिबन्ध लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।