२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं,
२ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

हारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।