२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

बर्दियामा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

सांकेतिक तस्वीर ।

बर्दिया : मंगलबार बिहान मेडिकल कलेज कोहलपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

बर्दियाको मधुवन नगरपालिका ९ का ७८ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ७ः३० बजे मृत्यु भएको थियो।

कोरोना परीक्षणका लागि उनको सोमबार स्वाब संकलन गरिएको थियो। रिपोर्ट पनि सोमबार नै पोजेटिभ आएको थियो।

उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका रोगी थिए।

कोरोनाबाट मृत्यु भएको बर्दियाको यो पहिलो घटना हो। उनको आजै सरकारले बनाएको गाइडलाइनअनुसार नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको छ।