२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पाटन अस्पतालमा कोरोना स‌ंक्रमित महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

ललितपुर : पाटन अस्पतालमा उपचार गराईरहेकी कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी ६१ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिला भक्तपुर सूर्यविनायककी हुन ।