२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

अछाममा भीषण बाढी : ६ जनाको मृत्यु, १३ बेपत्ता

फाइल तस्वीर ।

धनगढी : अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति भीषण बाढी आएको छ।

कैलाश खोलामा आएको बाढीले बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ, भने बेपत्ता रहेका १३ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वति रावलले जानकारी दिइन्।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले बताए। मंगलबार राति देखिको अविरल वर्षासँगै आएको बाढीका कारण रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका बस्ती बगाएको हो।

बाढीले सैनीबजार र छेउछाउका २५ जती घर बगाएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार त्यहाँ जाने बाटाहरु पनि बाढीले बगाएका कारण उद्धार टोली सदरमुकामबाट हिँडे पनि पुग्न सकेको छैन। स्थानीयले नै उद्धार गरिरहेको प्रजिअ उपाध्यायले बताए। प्रजिअ उपाध्यायले सदरमुकामबाट तीनवटै सुरक्षा निकाय सम्मेलित ६० जनाको टोली घटनास्थल तर्फ गैसकेको बताए ।

अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको खबर देशसञ्चारमा प्रकाशित छ।