हापुरे : पश्चिमदाङको बबई गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बुधबार बबई गाउँपालिका वडा नं. ३ का वर्ष २६ का एक जना पुरुष र बबई गाउँपालिका वडा नं. ४ का १८, १८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्काले जानकारी दिनुभएको छ ।
संक्रमण पुष्टि भएका तीनै जना भारतबाट साउन २६ गते आएको बुझिएको छ । उनीहरु तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएको थियो ।