२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

नेकपाका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

ललितपुरमा कोठा लिएर बसेका अछाम क्षेत्र नम्बर २ का सांसद बोगटी उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

साउन ३० मा पीसीआर गरेका उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा गएका हुन् । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको जनाए।

सांसद बोगटीले गत साउन २५ गते ६१ जना नेकपा सांसदहरूको पत्रकार सम्मेलनमा आफू पनि सहभागी भएको सुनाए। त्यसको भोलिपल्टै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेको उनले बताए। उनले साउन २९ गते आफू नयाँ बानेश्वरको कृषि विकास बैंक र एभरेस्ट बैंकमा पनि पुगेको जनाए।

सांसद बोगटी अछाम क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।