२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

अटवारीमा प्रदेश ५ का ३ जिल्लामा सार्वजनिक विदा

फाइल तस्वीर ।

दाङ : प्रदेश ५ सरकारले थारु समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीमा सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिइने भएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार वड्का अट्वारीमा सार्वजनिक विदा दिइने भएको हो ।

पाँच नम्वर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव माधवराज मरासिनीले विज्ञप्ति निकालेर दाङ, बाँके र बर्दियाका सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिइने जानकारी दिनुभएको छ ।

थारु समुदायले सार्वजनिक विदाका लागि माग गर्दै आएका थिए ।