२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

छोरीको जन्मदिनमा २ सय कांग्रेस सदस्यको कोरोना बिमा

पवन आचार्य

तुलसीपुर : दाङका एक व्यक्तिले छोरीको जन्मदिनका अवसरमा पारेर करिव २ सय जना कांग्रेसका क्रियाशिल सदस्यहरुको कोरोना बिमा गरिदिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी स्थानीय पवन आचार्यले आफ्नो वडामा रहेका नेपाली कांग्रेसका क्रियासिल सदस्यहरुको कोरोना बिमा गरिदिने भएका हुन् ।

उनले आफ्नी छोरी आहना आचार्यको जन्मदिनको अवसर पारेर कोरोना विमा गरिदिन घोषणा गरेका हुन । जन्मदिनको अवसरमा रचनात्मक कार्य गर्ने उद्देश्यले आफ्नो वडामा रहेको कांग्रेसका क्रियाशिल सदस्यहरुको बिमा गर्न थालेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका– ७ का इकाइ सभापती हरिवहादुर थापाले कोरोना बिमाको तयारी भएको बताएका छन् । त्यसका लागि सदस्यहरुलाई बिमाका लागि आवश्यक पर्ने कागजात मगाउने काम भैरहेको समेत बताए । वडामा १ सय ९३ जना क्रियासिल सदस्यहरु रहेको सभापती थापाले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष टोपबहादुर केसीले यसरी महामारीको समयमा कोरोना बिमा गरिदिदा थोरै भएपनि राहत मिल्ने बताए । उनले एक व्यक्तिले गरेको यो नयाँ कार्य भएको भन्दै यस्ता कार्य अन्य व्यक्तिहरुले समेत गर्न सक्ने बताए ।