२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, १२० जना डिस्चार्ज


काठमाडौं : पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।