२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

सांकेतिक तस्वीर ।

काठमाडौं : नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेकोसंख्या १२० पुगेको छ ।

डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक/एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक/एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।