२०७८ मङ्सिर २० गते सोमवार
२०७८ मङ्सिर २० गते सोमवार

कपिलवस्तुमा ट्रक अनियन्त्रित भएर पल्टिँदा एकको मृत्यु

फाइल तस्वीर ।

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिका १ को पहिरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

ना८ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ३५ वर्षीय जमुना खटिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।