२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बर्षाका कारण शान्तिनगरमा घर भत्कियो

शान्तिनगर : लगातारको वर्षाका कारण पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर १ खिलतपुरमा एक घर भत्किएको छ ।

मंगलबार राति परेको वर्षाका कारण शान्तिनगर गाउँपालिका वडा नम्बर १ निवासी हिमलाल खड्काको घरसँगै जोडिएको भान्सेघर भत्किदा त्यसभित्र रहेका सबै सामान पुरिएका छन् ।

घर भत्किदा मानवीय क्षति भने नभएको खड्काले बताए।