२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

गुडिरहेको एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

दाङ : लमहीमा गुडिरहेको एम्बुलेन्सबाट लडेर एकजनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही नाका स्थाई घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ३५ बर्षिय कमला बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

चलिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी बिकको आजराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।