२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सर्पको टोकाइबाट घोराहीका एक बालकको मृत्यु

सांकेतिक तस्बिर ।

तुलसीपुर : विषालु सर्पको टोकाइबाट एकबालकको मृत्यु भएको छ । आज (बिहीबार) विहान ३ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १३ डुम्रिगाउँ निवासी १६ बर्षीय राजन थापामगरलाई विषालु सर्पले टोक्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

उनी घर नजिकैको बाटोमा हिड्ने क्रममा दाँया खुट्टामा विषालु सर्पले टोक्दा गम्भीर घाइते भएका थिए ।

घाईते भएका थापालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।