२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

वर्षाले घर भत्कदा ५ लाख ५० हजार बराबरको क्षति

बबई : लगातारको वर्षाका कारण पश्चिमदाङको बबई गाउँपालिका वडा नम्बर ७ झारगंजरीमा एक घर भत्किएको छ ।

बुधवार राति परेको वर्षाका कारण बबई गाउँपालिका वडा नम्बर ७ निवासी कालिमैया चौधरीको घर भत्किदा ५ लाख ५० हजार बराबरको भौतिक क्षति भएको चौधरीले बताउनुभयो ।

घर भत्किए पनि मानविय क्षति भने हुन नपाएको चौधरीले बताउनुभएको छ ।