२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

देशभरमा ७०७ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन्

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । ।