२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सांसद केसीसहित बाँकेका २८ जनाले जिते कोरोना

बाँके : प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित बिहीबार बाँकेका २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बाँके क्षेत्र नम्बर १(क) की सांसद केसीसहित २८ जना कोरोनामुक्त भएर बिहीबार घर फर्किएका हुन् ।

१३ जना महिलासहित २८ जना संक्रमितहरु बिहान बिहीबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेको खुल्ला कारागार आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टर आदर्शनगर, होटेल सिटी प्यालेस आइसोलेसन सेन्टर, लायन्स डेन्टल आइसोलेसन सेन्टरलगायतका आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु डिस्चार्ज भएका श्रेष्ठले बताए ।

बाँकेमा अन्य जिल्लाका तीन जनासमेत गरी ७६६ संक्रमितमध्ये ४९६ जना घर फर्किसकेका छन् । हाल २६६ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।