२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

कोहलपुरले लकडाउन थप ५ दिनसम्म जारी राख्ने

फाइल तस्वीर ।

कोहलपुर : समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बताए ।

बिहीवार नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समूदाय स्तरमा कोरोना संक्रमण बढेकाले बन्दाबन्दीलाई थप गर्दै भाद्र ६ गतेदेखि थप कडा बनाउने निर्णय गरेको हो ।

बैठकले नगर क्षेत्र भित्र एम्वुलेन्स, शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय गरेको छ ।