२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

रुपन्देहीमा ७० वर्षीय कोरोना सक्रमित वृद्धको मृत्यु

देवदह मेडिकल कलेज । रुपन्देही

बुटवल : रुपन्देहीको देवदहमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । देवदह नगरपालिका ३ का ७० वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको नगरपालिकाका जन स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले बताए ।

उनको आज देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको हो । भदौ २ गते स्वाब लिएको र बुधबार उनको पिसिआर रिपार्ट पोजेटिभ आएको बञ्जाडेले बताए ।

पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी रहेका ती पुरुषमा स्वासप्रस्वासको समस्या देखिएपछि उनको अवस्था नाजुक रहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई केही दिन अगाडी भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो । मेडिकल कलेजले घर पठाएपछि उनी देवदहमा रहेको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत अवस्था रहेका थिए ।

ती वृद्धको मृत्यु भएपछि मेडिकल कलेज शिल गरिएको जन स्वास्थ्य अधिकृत बञ्जाडेले बताए ।