२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

दुर्गेश थापाको नयाँ गीत ‘आलु जस्तो गायक’

काठमाडौं : गायक दुर्गेश थापा बेलाबेला विवादमा आइरहन्छन्। पछिल्लो समय ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए।

त्यो घटनापछि उनी ट्रोलको सिकार बने।

धेरैले उनको आलोचना गरे। तर मान्छेबाट गल्ती हुन्छ भन्दै दुर्गेशलाई समर्थन गर्नेको कमी थिएन। उनै दुर्गेश थापाले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा भएको घटनालाई केन्द्रमा राखेर नयाँ गीत सार्वजनिक गरेका छन्।

‘आलु जस्तो गायक’ बोलको यो गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्। गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्। भिडिओमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको गीतमा दुर्गेश सहित भिडिओमा पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य छ।