२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

कोरोना संक्रमणबाट प्यूठानका ५२ वर्षीय पुरुषको मृत्यु

रुपन्देही : बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत् एकजना पुरुषको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ७ का ५२ वर्षका पुरुषको शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए। मृतकमा कोरोना संक्रमणसँगै दम र उच्च रक्तचापको समेत समस्या रहेको डा. खनालले बताए।

साउनको अन्तिम साता भारतबाट आएका उनी भदौ १ गते राती आईसोलेसन अस्पतालमा भर्ना भएका थिए। दमको समस्याको कारण श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई आईसियूमा उच्च निगरानीमा राखि उपचार भइरहेको थियो।