२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

बर्दियामा ११ वर्षीया बालिका बलात्कृत

सांकेतिक तस्वीर ।

बर्दिया : बारबर्दिया नगरपालिका–८ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय चन्द्रमान विकलाई शुक्रबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घटना बिहीबार राति साढे २ बजेतिर भएको हो । विकले घरको बरन्डामा हजुरआमासँग निदाइरहेकी बालिकालाई बोकेर नजिकै खेतमा पुर्‍याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार निरन्तर रक्तस्रावले बालिकाको अवस्था गम्भीर बनेपछि उनलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको छ । घटनास्थल गुलरियाबाट करिब १६ किमी पश्चिम–उत्तरमा पर्छ ।

आरोपितलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको खबर कान्तिपुरमा प्रकाशित छ ।