२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तीजमा सुनसान शिवालय

दाङ : आज हरितालिका तीज । महादेवको पूजा गर्दै ब्रत बसेर आज धुमधामका साथ मनाइने यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो।

विगतमा यस दिन पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ मा अवस्थित शिव मन्दिरमा भक्तजनको भीड र उत्सव समेत लाग्ने गर्दथ्यो । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण मन्दिर र मन्दिर परिसरनै सुनसान बनेको छ ।

दाङका अधिकांश शिवालयहरुमा नै कोरोना महामारीका कारण चहलपहल कमै मात्रामा छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ ।