२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

आमाको दुबै मृगौला फेल, छोरालाई ब्रेन क्यान्सर, दुई नातिनीमा पनि रोग

सुरेश श्रेष्ठ,
दाङ : धन कमाउने आशमा ऋण काँडेर गत बर्षको साउनमा कतार गएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौराका गोवर्धन वली काम सुरु गरेको कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस भए ।

साथीभाईको सहयोगमा अस्पताल पुर्याइएका वलीलाई ब्रेन ट्युमर भएको चिकित्सकले बताए । तत्कालै उनको अप्रेसन पनि गरियो । अपरेसन खर्च कम्पनीले व्यहोरेता पनि उनलाई काम गर्न नदिएर कम्पनीले तत्काल नेपाल फिर्ता पठायो । नेपाल आइसकेपछि पुनः चेकअप गर्दा आफूलाई क्यान्सर भएको ओलीले थाहा पाए ।

गोवर्धन मात्र नभइ उनको परिवारमा चारैतर्फबाट बज्रपात परेको छ । यसअघि लगातार बिरामी परेपछि १३ वर्षकी जेठी छोरी गरिमाको अप्रेसन गरेर पित्तथैली र पाचन नली फालिएको छ । त्यस्तै १० वर्षकी कान्छी छोरी गरिमाको टाउकोमा जुकाले फुल पारेको छ ।

आर्थिक अभावका कारण छोरीहरूको उपचार हुन सकिरहेको छैन । त्यसमाथि ७० वर्षीय आमा जयसरी ओलिको दुबै मृगौला फेल भएको छ । छोरीहरु आमा र आफ्नो उपचारमा सबै सम्पति रित्याएका वलीको बस्ने घरबास बाहेक अरु केही पनि छैन ।

उनलाई तीन तीन महिनामा अस्पताल थेरापी गर्न जानुपर्ने हुन्छ एकपटक थेरापी गरेको एक लाख भन्दा बढी लाग्छ र त्यसमाथि थुप्रै औषधिहरू किन्नपर्ने उनी बताउँछन् । आफ्नो पीडा त थियो छोरा र नातीनीहरूको अवस्था देखेर दिनरात चिन्तामा परेको जयसरीले बताइन। घरको एकमात्र कमाउने छोरा आफै बिरामी परेपछि सबै बिचल्लीमा परेको जसरी को गुनासो छ ।

उनले आफ्नो छोरालाई बचाइदिन उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना पनि गरेकी छन् । सहयोग गर्न चाहनेले ओलीको मोबाइल नम्बर ९८६६९००३३६ मा सीधै सम्पर्क गरेर अथवा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरा स्थित घरमा पुगेरपनि सहयोग गर्न अनुरोध गरेकी छिन् ।

-न्युज २४ बाट