२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

संक्रमणमुक्त भए बंगलाचुली र दंगिशरण

तुलसीपुर : दाङका दुई स्थानिय तह कोरोना संक्रमणमुक्त भएका छन् । बंगलाचुली गाउँपालिका र दंगिशरण गाउँपालिका कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दंगीशरण गाउँपालिकामा ५ जनामा संक्रमण देखिएकोमा सबै जना निको भएर घर फर्किसकेका छन् ।

त्यसैगरी, बंगलाचुली गाउँँपालिकामा १ सय ६० जना संक्रमित देखिएकोमा उनिहरु सबै संक्रमण मुक्त भएका छन् ।

दुई स्थानिय तह कोरोना संक्रमण मुक्त भएपछि अझै ८ वटा स्थानिय तहमा अझै सक्रिय कोरोना संक्रमितहरु रहेका छन् ।

तुलसीपुर उपमहानगरमा १२, घोराही उपमहानगरमा २, लमही नगरपालिकामा ६, बबईमा ७, शान्तिनगरमा ५, राप्ती, गढवा र राजपुर गाउँपालिकामा दुई दुई जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

दाङमा अहिलेसम्म ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७१ जना निको भएर घर फर्किसकेका छन् । अब ३८ जना मात्रै विभिन्न आइसोलेसन अस्पतालमा रहेको चन्दले जानकारी दिनुभयो ।