२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाण्डौं : आज गणेश चतुर्थी पर्व मनाइँदै छ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको पूजा गरी यो पर्व मनाउने गरिन्छ । सत्ययुगमा भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यो वर्ष कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा गर्न सक्ने अवस्था छैन ।

यस्तै भाद्रशुक्ल तृतीयाका दिन सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्न कालमा गणेशको पूजा आराधना गरी अर्घ दिनुपर्ने विधि रहेको छ। यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।