२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

पर्सा र चितवनमा थप ३ जना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

काठमाडौं : आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको ज्यान गएको छ।

पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌।

त्यसैगरी चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो।

चितवनमा अहिलेसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गइसकेको छ।