२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घोराहीमा १ लाख ५८ हजार नगदसहित ८ जुवाडे पक्राउ

फाइल तस्बिर ।

तुलसीपुर : दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले शुक्रवार बेलुकी साढे पाँच बजेतिर पक्राउ गरेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले उनीहरुलाई १ लाख ५८ हजार ३ सय नेपाली रुपैया नगद, ३ गड्डी तास र नखोलेको १० गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुका नाम खुलाईएको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।