२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

माधवकुमार नेपालका ९ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि

माधवकुमार नेपाल ।

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको हो। गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो।

दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।