२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

बाँकेमा ५ सय ६८ जनाले जिते कोरोना

नेपालगन्ज : बाँकेमा कोरोनाबाट निको हुनेहरुको संख्या बढ्दै गएको छ। हालसम्म ५ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । बाँकेमा ८११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार ८ महिला र १३ जना पुरुषसहित २१ जना डिस्चार्ज भएका छन् ।

श्रेष्ठका अनुसार बाँकेका विभिन्‍न आइसोलेसन सेन्टरमा बाहिरी जिल्लाका ४ जना गरी २३९ जनाको उपचार भइरहेको छ । जिल्लामा कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।