२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

देशभर संक्रमितको संख्या ३१ हजार ११७ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।

यस्तै १८ हजार ३५० जना निको भइसकेका छन्, भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।