२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

सांकेतिक तस्बिर ।

काठमाडौ : बितेको २४ घन्टामा नेपालमा थप ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ वटा स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।