२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

कालिकोटका बाढीपहिरो पिडितलाई पल शाहको सहयोग

काठमाडौं : नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो ।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए ।

उनीहरुले बाढी पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न, लत्ता कपडा वितरण गरेका थिए । नायक पल शाहले विभिन्न दुख झेल्दै आफूहरु कालिकोट पुगेको बताए । पलले कालिकोटका नागरिकको पीडा महशुश गरेर आफूहरु यहाँ आएको बताए ।

म्यूजिक भिडियो छायांकनमा व्यस्त रहँदा कोरोना संक्रमण बढेपछि पलले काम रोकेका थिए ।