२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

पंचकुलेमा २ टेक्टर गाँजा खेती नष्ट

शान्तिनगर : पश्चिमदाङमा २ टेक्टर गाँजा खेती नष्ट गरिएको छ । बबई गाउँपालिका वडा नं. ६ र शान्तिनगर गाउँपालिका वडा नं. १ का विभिन्न गाउँमा गरिएको गाँजा खेती नष्ट गरिएको हो ।

प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय खिलतपुर, पञ्चकुले यूवा क्लव र स्थानिय बुद्धिजिविहरुको सहकार्यमा २ टेक्टर गाँजा खेती नष्ट गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसीले जानकारी दिनुभयो ।

केसीको नेतृत्वमा गएको टोलीले पञ्चकुलेदेखि खिलतपुरसम्म विभिन्न ठाउँमा रहेका गाँजा खेती नष्ट गरेको हो ।

पछिल्लो समयमा युवाहरु लागू पदार्थमा लागेकाले यसलाई नियन्त्रण गाँजा खेती नष्ट गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख केसीले बताउनु भयो ।