२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

४ स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना संक्रमण पुष्टि


परासी : पश्चिम नवलपरासीमा जिल्ला पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएको हो ।

जिल्ला पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाका अनुसार ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सहित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर आवश्यक निर्णय लिने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट होदाले बताए ।

पाल्हिनन्दन गाउँपालिकाका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका प्रमुख र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय पनि सिल गर्ने तयारी गरिएको छ ।