२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

आपसी झगडामा टाउकोमा चिर्पट प्रहार गरी हत्या

सांकेतिक तस्वीर ।

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ का ४० वर्षीय अर्जुन यादवको चिर्पट प्रहार गरी हत्या गरिएको छ।

आपसी झगडाका कारण छिमेकीले हत्या गरेको आशंका प्रहरीको छ।

झगडाका क्रममा शनिबार राति यादवमाथि दाउराका चिर्पटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजु लामाले जानकारी दिए। उनको शव घरको आगन छेउमा थियो।

घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको लामाले बताए। झगडाको कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।