२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोनाबाट बुटवलमा १ महिला र १ पुरुषको मृत्यु

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत् उनीहरूको आइतबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं. १ निवासी ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. २ मुडुला निवासी ३८ वर्षिीय पुरूष छन्।

उनीहरू दुवै जनाको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।