२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

क्वारेन्टिनबाट डिस्चार्ज भएर मृत्यु भएका पुरुषमा कोरोना नेगेटिभ

तुलसीपुर : दाङमा मृत्यु भएका प्युठानका एक पुरुषको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनको आइतबार नै प्यूठानमा अन्त्येष्टि गरिएको छ ।

घोराहीस्थित एक होटलमा काम गर्ने प्यूठानको ऐरावती गाउँपालिका–५ गोटिवाङ निवासी ४० वर्षीय विनोद भण्डारीको शनिबार अपराह्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उनको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना परीक्षण गर्दा आइतबार नेगेटिभ रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहका अनुसार भण्डारी दुई महिनाअघि भारतबाट प्युठानस्थित घर आएका थिए । उनलाई ऐरावती गाउँपालिकाले स्थानीय जनकल्याण प्राविको क्वारेन्टिनमा राखेको थियो । कोरोनाको कुनै लक्षण नदेखिएपछि उनीलाई घर जान दिइयो ।