२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

१३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

फाइल तस्बिर ।

रुकुम पश्चिम : १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा रुकुम पश्चिममा एक जना पक्राउ परेका छन् ।

चौरजहारी नगरपालिका–७ की एक १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक नम्बर वडाका १८ वर्षीय मदन गोसाइलाई प्रहरीले पक्रेको हो ।

सल्यानको कुमाख गाउँपालिकास्थित मामाघरबाट घर फर्किरहेकी उनलाई ती युवाले भेरी नदी किनारमा लगेर बलात्कार गरेको बताइएको छ । घर पुर्‍याइदिन्छु भनेर मोटरसाइकलमा चढाएर बालिकालाई सोमबार दिउँसो १ बजे भेरी नदी किनारमा लिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिङ विष्टले बालिका कराएपछि केही महिलाले देखेर प्रहरीलाई खबर गरेको बताए । त्यसपछि लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाटै ती युवालाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताए । बालिकाको स्वास्थ्य परीक्षण चौरजहारी अस्पतालमा गरिएको खबर कान्तिपुरमा प्रकाशित छ ।