२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो

सांकेतिक तस्वीर ।

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष , सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन्।

थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको छ।